u/AcademicCourt9393

[ पथेर -- श्याम साह ]

[ पथेर -- श्याम साह ]

​

लु, उलार, पानीको घाम, र ध च गोतामे , ध्रुवचन्द्र गौतम,सनत रेग्मी, मुना चौधरी, गणेश प्र लाठ आदिका एकाध कृतिहरुमा पाइने तराई मधेशका फ्लेवरका कथा रहेको सुन्दर कथा संग्रह हो पथेर। फरकफरक आयाम, विषयवस्तु र न्यारेटिभ फ्लेवर भएका ११ कथाहरुको सँगालो हो पथेर। तराई मधेशतिरका राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, भाषिक, रहनसहन, बोलीचाली, शोषण, दमन, द्वन्द, भावना, आदि लगायत सकारात्मक र नकारात्मक चरित्र पात्र परिवेश घटना - परिघटना सबै छ यी कथाहरुमा। आफूले तराइ गा बेला देखेका सुनेका भोगेका केही दृश्यहरु जस्तैः पोखरी को बीचमा रहने लामो लठ्ठी ( जायठ), पोखरी मासेर स्थानीय नेता कार्यकर्ताले घर - टहरा बनाउने, सरकारी जग्गा जमिन लाई व्यापारीक र व्यक्तिगत प्रयोजनका निम्ति मोटो घुस लिने दिने, ईट्टाभट्टा कारखानामा काम गर्नेका दु:खदर्द, पैसाका लागि मानव जीवन मूल्यहीन मान्ने ठान्ने सनकी मालिक, सरकारी प्रोजेक्ट ठेक्कामा लिन हुने माथापच्चीसी एवम् काम बेलैमा नसक्ने तर समय - लगानी थप लिने आदि आएको छ।

पहिलोपटक कोरोना बेलाको बन्दाबन्दीमा पढेको कथा संग्रह हो र रिपिट गर्दा पनि एक दुई कथा बाहेक अरु उस्तै सशक्त र बलियो न्यारेसन लाग्दछ। पथेरको अर्थ ईट्टाभट्टामा काम गर्ने मजदुर हुने रहेछ , जुन कथा अन्तिम कथा हो संग्रहमा। उपन्यास र गैर आख्यान पढ्ने क्रममा बीचमा ब्रेक लिएर कथा संग्रह पढिन्छ - कुनैले mind refresh गराउँदछन् त कुनै कथाले सोचाइको गहिराईमा पुर्याउँदछन् अनि कुनैले आफैँसँग, समयसँग, परिवेशसँग, घटनासँग, परिस्थितिसँग प्रश्न गर्दछन्। यसमा आएका कथाहरु केही चै सम्चार पढ्दा सुन्दा बार बार दोहोरिन्छन् -- ईट्टा कारखानामा दुर्घटनामा पुरिएर ... जनाको मृत्यु, राजधानीमा ईट्टा बनाउनेमा तराइतिर वा भारतबाट आएका धेरै छन्, सरकारी कर्मचारीको मिलेमतोमा मन्दिर वा गुठी वा स्थानीय व्यक्तिको पुर्ख्यौली जमिनमाथि कब्जा, नगरपालिकामा विकास निर्माण परियोजनाको नाममा मौलायो कमिसन-तन्त्र र घुसखोरी, कम्पनी र ठेकेदारबीच डिपिआर कागजमा कुरो नमिल्दा भयो ठुलो घटना वा डिपीआरमा सहमति भएर हस्ताक्षर हुँदै, आदि।

यसै संग्रहको पहिलो कथा "जायठ" पढ्दा के कसरी विभिन्न तहका पावरवालाहरु मिलेर सेटिङ् मा भोला महतोका पिता हजुरबाको व्यक्तिगत पोखरी (जुन पछि सरकारी पोखरी भएको हुन्छ) लाई मासेर आफ्नै व्यापारीक प्रयोजनमा ल्याउन खोज्दछन्। त्यो पोखरी खन्न मास्न डोजर चलाउँदा भोज गर्ने, मोज गर्ने र पोखरीका माछा सित्तैमा बाँडफाँड गर्ने काम, राजनीतिक पार्टीको पावर लगाएर काम तीव्र बनाउने आदि relatable लाग्दछ। अत: पोखरीमा बीचमा रहेको लठ्ठी जायठसँग संबंधित किंवदन्ती र रुढीबादी अन्धविश्वास, धामी झाक्रीका किस्सा पनि आएको छ कथामा। विभिन्न परियोजना थाल्नु अगाडि आवश्यक पर्ने testing trial confirmation नगरी हतारोमा काम गर्दा हुने हानी र अनियमितताको प्रसङ्ग पनि आएको छ।

दोस्रो कथा "मङलरामको झोला" मा कथाकारले बिहापछि खुम्चने नारीको पहिचान, सन्तान प्राप्ति पछि र अघिका परिस्थिति, वास्तविक नाम भन्दा बोलाउने अरु नामले नै परिचय तय हुने रीत, गाम्ले परिवेशका गतिविधिहरु, स्त्रीमा पाठेघर संबंधित समस्या, द्वन्द्वकालका वाछिटा र कतै बेवारिसे झोला देखिए फैलिने बम त्रास र गल्ती नहुँदा प्रहरीको केरकारमा पर्ने र कुटपिट हुने घटना छ। त्यस्तै: द्वन्दले असर नगरोस् , दुवै तर्फबाट पक्राउ नपरोस् वा अपहरण, कडा केरकारमा नपरोस् भन्ना खातिर ऋण काढेर भए पनि राजधानी शहर तिर सन्तान धपाउने, प्रहरी चेकजाँचका क्रममा हुने गाली-गलौज र धरपकड र राजधानी आएपछि कोही चिनारीका सँग बस्ने, घुम्ने र अस्पतालमा जचाँउन जाने परिपाटीको चित्रण छ।

तेस्रो कथा "विपटा" चै रङ्गकर्म नाट्य - नृत्य कर्म (performative arts) मा सामेल व्यक्तिहरुमा देखिने द्वन्द - टकराव र एक अर्काको खुट्टा तान्ने प्रवृत्ति, कला - शिल्प - प्रतिभा हुँदा पाइने आस र सम्मान, ईख (ego), बाल्यकालमा उचित स्वास्थ्य उपचार र खोप नपाउँदा पोलियोले ग्रसित गुरुशरण सदाको कहानी छ। बालक हुँदा नै खेल, रङ्ग कर्म, नृत्य, गायन, अभिनय, कला, क्यारिकेचर आदि क्षेत्रमा पाइला राख्न सक्ने र ल्याकत ल्याउने गर्दछन् बालबच्चा तर अभिभावकको डाक्टर , ईन्जिनियर , आदि मात्र हुन पर्छ है भन्ने प्रेसर ले कतिपयका सपना र आकांक्षा बीचमा नै तुइन्छ। त्यस्तै: तराईका गाउँमा नाचगान र गीत सँगीतमार्फत् हुने मनोरञ्जन एकदम फरक बोध हुन्छ। बाबू र छोरा बीचको conflict of interest and greed होस् वा गरीबको श्रम शोषण वा कार्यक्रममा क्रममा हुने misunderstanding ले ल्याउने conflict -- राम्रोसँग चित्रित भएको छ। काममा जति नै दत्तचित्त भएर लागे तापनि हामी काम गर्ने स्थान वा संस्थाका लागि easily replacable छौँ हाम्रो मातापिता र सुन्दर बलियो नाता भएका siblings हरुका निम्ति। रोल भूमिकालाई लिएर हुने conflict का अलावा मालिकले आफ्नो आय आर्जन बढाउन गर्ने गर्नुपर्ने compromise and reconciliation attempt आएको नि छ।

संग्रहका चौथो कथा " छठ" मा पत्नीको अस्वस्थताका कारण आयु, समृद्धि र परम्परा निभाउन खातिर छठिया माईको व्रत बस्ने पतिको कथा छ। तराई मधेशतिर छठ पर्व मान्दा के कस्तो तौरतरिका अपनाइन्छ, विरोधाभास राखे तापनि व्रत बसेर पत्नीको तनाव कम गर्न मायालु पतिले गर्ने गतिविधि मिठो तरिकाले बयान गरिएको छ। छठ पर्व मान्ने क्रममा उपयोग गरिने गाउँ- ठाउँमै उत्पादन गरिएका चीजबिज, पुरुष र महिलाले भोकभोकै निराहार व्रत बस्दा भोग्ने फरकफरक अनुभुति र emotional realization र बालबालिकामा उत्पन्न हुने विशेष खुशी को सरस सरल बयान छ।

" मिनाक्षी" कथा average लाग्यो first part तर कथामा डुब्दै गएपछि सबै प्रेम सफल नहुने नियति, लामो समयको अनियमिततापछि नियमितता ल्याउन हुने सकस, युवावस्थामा आउने विपरीत लिङ्गीप्रतिको sexual - romantic attraction, प्रेमपत्र लेखनमा आउने ever repeated आकाशको जुन तारा झारिदिने वाला dialogue र conflict आउँछ। अनि extra-marital affair, rushed entry into marital bond, domestic abuse and gender harassment, विदेश पलायन हुँदा उतातिर भोग्नुपर्ने labor exploitation का अलावा फरक कल्चर र देशबाट आएका श्रमिकबीच हुने लडाइँ, कतार तिर झै-झगडा लफडा हुँदा त्यहाँका पुलिसके गर्ने immediate action पढ्न मजै आयो। विदेश पलायन हुनेहरुले आमा बा विरामी परेको बखत हेर्न आउन र केयर गर्न बल्लतल्ल समय मिलाउन र कम्पनीले विदा गर्ने कठोर कठिन नियति पनि आएको छ। हतारोमा भएको वैवाहिक सम्बन्धमा आउने उतारचढावका साथ पछि गएर realize हुने loveless, lustless एवम् listless unhappiness को पनि प्रसङ्ग छ।

अन्तिम कथा "पथेर" मा चै कसरी ईट्टा कारखाना चल्छन्, बालुवासँग सन्तुलन मिलाएर माटो मुछ्ने, ईट्टा ब्लक तयार गर्ने, काँचो ईट्टालाई गोलमा राख्ने, furnace मा पोल्ने पकाउने र चाङ्ग मिलाएर राख्ने गरिन्छ पढ्न पाए। गोलबजारमा कारखाना थपिदै जाँदा भारतको पश्चिम बँगाल, उत्तर प्रदेश र विहार राज्यबाट आउने आप्रवासी कामदारहरुको बढ्दो माग, सिजन अनुसार ठेकेदार middleman हरुले लिने कामदार ठेक्का र जनशक्ति परिचालन एवम् कमिसनरुपी लाभको सिलसिला चित्रण गरिएको छ। अत: तराई मधेस तिर चुनाव र राजनीतिमा आउन उद्योग धन्दा व्यवसाय गरेका लाई हुने सहज transition, पार्टी र व्यवसायीको कडक साझेदारी र स्वार्थ-मिश्रित साठगाठ तथा भोटको राजनीतिक चालबाजेव पनि आएको छ।

Middlemen ठेकेदारले बालबालिका र महिला दलबलसहित आएका undocumented भारतीय श्रमिकहरुको exploitation, कारखाना मालिक सँग direct linkage नहोस् भन्न र आफ्नै परिवारबीच सम्बन्ध सम्पर्क नहोस् भन्ना खातिर छुट्टाछुट्टै राखिने हर्कत अनि तलब भत्ता वितरणमा हुने अनियमितता र अन्यायको वर्णन आएको छ। चोटपटक लाग्दा, काम गर्ने ठाँउमा दुर्घटना हुँदा वा घाइते होस् वा मृत्युु हुँदा ती श्रमिकहरुमाथि हुने गैर-जिम्मेदारी हर्कतको प्रसङ्ग छ। ईट्टाले बनाएको सानो छानोबाला झुपडीमा जीवन निर्वाह गर्दै आएका निजाम र रुक्साना मार्फत् त्यस्ता गरीब आप्रवासी ( अनि देशकै अन्य वर्ग) को दु:खकष्ट, संघर्ष र exploitation manipulation को दमदार चित्र बनेको छ। स्वास्थ्यचौकीमा काम गर्ने अहेबले फी मजदुरलाई बिरामी रोगी हुँदा दिने random medication र केही तलमाथि हुँदा आफ्नो गल्ती जिम्मेवारी स्वीकार नगर्ने परिपाटी पनि आएको छ। यस्ता कारखानामा विना उचित सुरक्षा विधि र उपकरण जोखिम मोलेर गर्ने बाध्यता एवम् परिआएको बेला आर्थिक र मानवीय साथ सहयोग नमिल्ने नमिठो सत्य पनि उजागर गरिएको छ। केही घटना त हर दिन , साता, महिना सामाजिक सन्जाल र सम्चार पत्रमा पनि आएका हुन्छन् नै।

"नाकाबन्दी " कथामा मधेस आन्दोलनका क्रममा तराईमा भएको आन्दोलन र नाकाबन्दी समर्थनको किस्साका साथ गरीबको छोरीलाई सामन्त सम्भ्रान्त वर्गकोले गर्ने sexual exploitation, गर्भ बसेपछि या गर्भपतन गराउने वा अरु कोहीसँग शक्ति र पैसाको दम्भमा जबर्जस्ती बिहा गराउने परिपाटी, तराई तिर हुने सरस्वती पुजाको रौनक, धार्मिक र राजनीतिक कार्यक्रमको चमकधमक, गाउँले बीच हुने द्वन्द, युवा र विद्यार्थी मिलेर गर्ने फुटबल टुर्नामेन्ट र संस्थागत गतिविधि आदि आएको छ। देश र समाज बदल्न भन्दै हात-हतियारसहोत द्वन्दमा होमिएकाको युगान्तकारी परिवर्तनको रटान, राजनीतिक मेनिफेस्टो र विचार चिन्तन, स्थानीय तहमा विस्तारै ल्याउने दबदबा र फैलाउने पावर आदिको कथानक छ।

यी बाहेक समग्र कथा संग्रहमा पाठकका रुपमा विविध आयाम, विषयवस्तु, परिवेश, परिस्थिति, आदि आएको छ जुन कतिपटक न्युज भ्युज र ओपिनियन मा आएको छ। जे होस् यस कथा संग्रहको रसपान गर्दा समय र पठन श्रम, efforts खेर गएको लाग्दै लागेन। संवाद र पात्रहरुको placement, role र न्यारेसन मिठासपूर्ण लागे। बस्: गुनासो चै कतै कतै आएका तराई मधेशमा बोलिने संवादको नेपाली अनुवाद meaning नराख्नु हो।

u/AcademicCourt9393 — 1 day ago

Harry Potter nepali language translation

LOVED READING a much elusive Nepali language translation of Harry Potter and the Philosopher\`s Stone (also caller as Sorceror\`s Stone) ....

Let me know if anyone here needs a copy of rare Harry Potter into Nepali language.

Also; is there a site \ platform wherein one can auction off the book?

Feel free to remove if unwarranted .. help will be appreciated.

Noticed there were some folks requestig for the book in this platform -- in now inactive post

It was \ is my first time using the app \ platform - hence, have not much idea about community to tag here . Help appreciated

location - Kathmandu , Nepal

Book pic attached .

u/AcademicCourt9393 — 2 days ago