एक तिमी...
याद दिलाउछौ
र
सम्झना आउँछ
नत्र त
उहिल्यै बाटो बिराईसकेको थिए।
©
याद दिलाउछौ
र
सम्झना आउँछ
नत्र त
उहिल्यै बाटो बिराईसकेको थिए।
©
यी रातहरुमा
तिम्रा यादहरुको अङ्गालोमा पर्छु।
अन्तिम क्षणको सम्झना
एक्लोपनमा
मध्य रातका आशुलाई
कलमको मसी बनाई लेख्छु म।
पानाहरुमा वेदनालाई समेट्छु।
साथ थियौ र त जीवन जिउने आट बन्यौ।
साथ छैनौ,
सम्झनाहरु नै साहस बनेका छन
श्वासलाई,
धक्कधक्क गर्ने मुटुलाई परसम्म धकेल्न।
©
सम्झिरहेर मात्र के गरु
तिमिले बाटो फेरेर गएपछि।
नचाहेको हैन तिम्रो साथ,
पत्थरको मुटु बनाई,
म सङ्ग बिछोडको बाटो रोज्ने भएपछी।
के गरु,
सधैभरी तिम्रा भावना समाई,
चन्द्रमाको उज्यालो बनी
औसिको रात थपेपछी।
के गर्नु मैले,
लाग्छ तिम्रै माया अझै
मनमा बादल
आखामा झरी आउने बनाएर गए पनि।
सधै सधै तिमी याद आउछौ,
र यो मुटु चसक्क बिज्छ।
तिम्रा यादहरु,
साहुनी भट्टिको रक्सिको नशा
दिन भरी पिउने गर्छु म।
तिमी साथ नहुदा बिचलित हुने म,
तिमी साथ हुदा,
छिन भरी जिउने गर्छु म।
©
मलाई पुर्णिामाको रात भन्दा
औसिको रात मन पर्न थालेको छ।
प्रकाशको चमकमा डुलिरहेको म,
एक्कासी कालो बादल मनमा,
आखामा झरी पर्न थाल्यो।
भिजेनौ तिमि झरिले,
रमाउन पनि सकेनौ।
कतै यति दुर थियौ तिमी,
मनको बादल पुग्यो,
तिमिसम्म झरी पुगेन।
अध्यारोमै रहने भएर होला फेरि,
मलाई पुर्णिामाको रातभन्दा
औसिको रात मन पर्न थालेको छ।