पापी रहेछु म!!
मेरो जिन्दगी जलिरहेको छ,
र यसलाई अगाडि बसेर तापीरहेछु म।
डढेलो ले खाएको जिन्दगी बचाउन,
थोपा थोपा गर्दै पानी छ्यापीरहेछु म।
आफ्नो जिन्दगी जल्दा पनि तमाशा हेरेर बसेको छु,
खै कुन हद् सम्म गिरेको पापी रहेछु म!!
- प्रसङ्ग भण्डारी
मेरो जिन्दगी जलिरहेको छ,
र यसलाई अगाडि बसेर तापीरहेछु म।
डढेलो ले खाएको जिन्दगी बचाउन,
थोपा थोपा गर्दै पानी छ्यापीरहेछु म।
आफ्नो जिन्दगी जल्दा पनि तमाशा हेरेर बसेको छु,
खै कुन हद् सम्म गिरेको पापी रहेछु म!!
- प्रसङ्ग भण्डारी
मर्न पनि डर लाग्दैन मलाई,
तर तिमीलाई गुमाउॅंछु कि भन्ने डर लाग्छ।
आफ्नो धेरै बोल्ने बानीले गर्दा,
तिमीलाई दिक्क लाउॅंछु कि भन्ने डर लाग्छ।
माया र भरोसा त धेरै गर्छु तिमीलाई,
तर पहिलेको जस्तै धोका पाउॅंछु कि भन्ने डर लाग्छ।
- प्रसङ्ग भण्डारी
माया देखाउन जान्दिनॅं,
तर माया गर्न नजानेको हैन मैले।
उसको माया मा डुबि बसेको छु,
तर यो खोलो तर्न नजानेको हैन मैले।
ऊ मेरी हुन्छे कि भन्ने आशाले बांचेको छु,
नत्र सब त्यागिदिन्थें, मर्न नजानेको हैन मैले।
- प्रसङ्ग भण्डारी
म आफू आगो भएं
र ऊ पानी भयो मेरो।
म कतैको राजा त हुन सक्तिन!
त्यसैले ऊ मनको रानी भयो मेरो।
उसलाई अरुको अङ्गालोमा देख्दा यो मन निकै जल्यो,
जल्दा जल्दै यो मन खरानी भयो मेरो।
**-प्रस**ङ्ग भण्डारी
बैगुन नै बैगुन देख्छु जता फर्किॅंदा पनि म,
किनकि मेरो एक मात्र गुन थिई ऊ।
उसले सोच्दि होली मलाई उसको याद आउॅंदैन भनेर
तर मैले गुनगुनाउने एक मात्र धुन थिई ऊ।
ताराले भरिएको मेरो आकाश मलाई रित्तो लाग्छ,
किनकि मेरो एक मात्र जून थिई ऊ।🌙
- प्रसङ्ग भण्डारी
आफू केहि गर्न सकिरहेको छैन मैले,
र म कसैसॅंग मद्दत माग्न पनि सक्दिन।
धेरै जिम्मेवारी छन् म माथी,
र म ती सब बाट भाग्न पनि सक्दिन।
भित्र भित्रै हारी सकेको छु म,
तर म सब थोक त्याग्न पनि सक्दिन।
- प्रसङ्ग भण्डारी
न त म सॅंग केही गर्ने सिप रहेछ,
न त म भित्र केही खास नै रहेछ।
न त कसैले मलाई विश्वास गर्छ,
न त कसैलाई मैले केही गरौंला कि भन्ने आस नै रहेछ।
आफू भित्रका सबै कुरा गुमाई सकेको रहेछु मैले,
अब गुमाउन बांकी त बस मेरो सास नै रहेछ।
- प्रसङ्ग भण्डारी
न त म सॅंग केही गर्ने सिप रहेछ,
न त म भित्र केही खास नै रहेछ।
न त कसैले मलाई विश्वास गर्छ,
न त कसैलाई मैले केही गरौंला कि भन्ने आस नै रहेछ।
आफू भित्रका सबै कुरा गुमाई सकेको रहेछु मैले,
अब गुमाउन बांकी त बस मेरो सास नै रहेछ।
- प्रसङ्ग भण्डारी
अरु डुब्न लाग्दा समुद्र तर्न पछि नहट्ने म;
आफ्नै भविष्य डुब्दै गर्दा हेरेर बसेको छु।
आफ्नो सम्पूर्ण भावना शब्दमा उतार्न मन छ;
त्यसैले कविता र मुक्तक केरेर बसेको छु।
विगतमा जिवन सरल, मन निर्मल थियो मेरो;
अहिले भने आफ्नो पुरै चरित्र फेरेर बसेको छु।
- प्रसङ्ग भण्डारी
एकछिन पनि चुप चाप बस्नै नसक्ने म,
उसलाई माया गर्छु भन्न लाग्दा अकमक्काउन पुगें।
उसलाई कति माया गर्छौ? भनि प्रश्न आउॅंदा म
हुरी आउॅंदाको दियो झैं डगमगाउन पुगें।
भगवान माथी खासै विश्वास त लाग्दैन मलाई,
तर— उसलाई मेरो बनाउन मद्दत गर्नुस भन्दै
हर पल भगवानलाई झकझक्याउन पुगें।
- प्रसङ्ग भण्डारी
मेरो लागी लड्ने कोहि छैन,
सबै मसॅंग लडेर बसेका छन्।
मन दुख्दा दुख्दा सहिनसक्नु भैसक्यो,
शब्दहरू मन भित्र गढेर बसेका छन्।
मेरो मनलाई मन भनौं कि मसान घाट भनौं म?
यहां त कयौं सपना मरेर बसेका छन्।
- प्रसङ्ग भण्डारी