

हतार कस्लाई
हतार कस्लाई,
खहरे झै बगेर नदीमा अस्तित्व मेट्नलाई?
हतार कस्लाई,
उत्तरबाटै भागेर प्रश्नमै हराउनलाई?
हतार कस्लाई,
सिमलबाट निस्किएर भुवा डुल्नलाई ?
हतार कस्लाई?
रित्तैबाट भरिएर भुइँभरि पोखिनलाई ?
हतार कस्लाई?
पहाडबाट खसेर खोँचमै टुट्नुलाई ?
हतार कस्लाई?
भुङ्ग्रैबाट निस्किएर आगोमै छिर्नलाई ?
समयकै हत्या भयो।
जसको जुन ठाउँ हो,
त्यो ठाउँमै विध्वंस मच्चियो।
के गरियो यो हाम्ले,
समयकै हत्या भयो।
​
जसको यो सपना हो,
उसकै आँखामा छारो हालियो।
के गरियो यो हाम्ले,
उसकै कल्पनामा उसलाई मारियो।
​
जसको त्यहाँ सर्वस्व हो,
त्यहाँ उसलाई निषेध हानियो।
के गरियो यो हाम्ले,
आफ्नै घरमा चिहान खनियो।
प्रिय.....
तिमी देखिनु संयोग नै मानौँला,
तर हामी भेट्नु संयोग पक्कै होइन।
म अँध्यारोमा मैनबत्ती बाल्न खोज्दै गर्दा,
तिमी सलाई सँगै भेटिनु संयोग होइन ।
तिमी खोला पारि कुरी बस्दा,
म डुङ्गा लिएर पुग्नु संयोग होइन।
म झरीमा रुज्दै हिँड्दा,
तिमी ओढाउ सहित भेटिनु संयोग होइन ।
तिमी उकालो उक्लिँदै गर्दा,
म लठ्ठी सँगै भेटिनु संयोग होइन।
तिमी मलाई मन पर्नु आकर्षण नै मानौँला,
तर तिमी र म मिलेर हामी बन्नु आकर्षण मात्रै पक्कै होइन।
खोजौँ अर्थ हरेक पाइला मा,
हामी एक अर्कानै देख्छौँ ।
कतै पर पाे छौ ...
कतै पर पाे छौ की ,
कतै कसैकाे बहकावमा ,
आफ्नै आफ्नाको सम्झनामा...
कतै पर पाे छौ की ,
व्यतीत अतीतको रुझानमा ,
व्यग्र भविष्यको प्रतीक्षामा ...
कतै पर पाे छौ की ,
सँगालिएका रहरका पोकामा,
कसिएका कर्तव्यका गाँठामा....
।।।।। ऊ ।।।।
कति शितल ती आँखा ,
जुन कहिल्यै बिझाएनन् ।
भड्किए होलान् यि पाइला,
ती कहिल्यै बिराएनन्।
अनुत्तरित थिए होला प्रश्न,
निःशब्द कहिल्यै देखिएन।
जन्मै महान को होला ,
अर्काे सरल ज्ञानी कोही भेटिएन।
बोलिरहु म,
सुनिरहने तिमी देख्दिन।।
खोजिरहु म,
भेटिरहने तिमी देख्दिन।।
सोधिरहु म,
भनिरहने तिमी देख्दिन।।
चिच्चाईरहु म,
सच्चाइरहने तिमी देख्दिन।।
झुलिरहु म,
नशालु तिमी देख्दिन।।