

Sometimes,You think a lot about your future and you lose sleep over it😭
reddit.comआऊ, हामी प्रेम गरौँ--
आऊ,
हामी प्रेम गरौँ--
शब्दभन्दा गहिरो,
मौनताभन्दा विशाल!
जहाँ,
स्वयम्लाई बिर्सेर
हामी केवल “हुनु”मा बाँचौँ,
न कुनै नाम, न कुनै रूप--
केवल शुद्ध उपस्थिति!
न कुनै सीमा, न कुनै काल,
न त आरम्भ, न अन्त्य--
केवल तिमी र म,
समयहीनताको अनन्त यात्रामा…!!
घोरिन्छु--
घोरिन्छु--
यदि मान्छेको शरीरको मयलबाट जुम्रा जन्मिन सक्छ भने,
ब्रह्माको मयलबाट यो विराट सृष्टि जन्मिएको किन नपत्याउनु?
तर्कको कसीमा शङ्का उब्जाउने यो मगज,
आफ्नै अस्तित्वको फोहरमा सलबलाउने किटाणु देख्छ,
तर त्यही मयलभित्र लुकेको सृष्टिको बिउ देख्न डराउँछ!
यो कस्तो द्वन्द्व हो--
जहाँ हामी आफ्नै स्रोतलाई घृणा गर्छौँ, तर अस्तित्वको गर्व गर्छौँ!
विज्ञान आयो--
उसले तारका जालोहरू फैलायो, सहरहरू झिलिमिली पार्यो,
अँध्यारो सुरुङभित्र बिजुलीको सूर्य उदायो!
तर बिडम्वना!
जतिबेला कोठाका कुनाकाप्चा उज्यालो भए,
ठ्याक्कै त्यही बेला मान्छेको मनको एउटा कुना निभ्यो!
हामीसँग बाहिर उज्यालो छ, तर भित्र एउटा अथाह सुरुङ छ,
जहाँ न कुनै सुगन्ध छ, न कुनै शान्ति !
भगवानले त मनभित्रै एउटा सानो दियो बालेका थिए,
जुन दियो निभाएर हामी आज 'स्मार्ट' भइरहेछौँ!
म मन्दिर जान्छु--
त्यहाँ ढुङ्गाको मूर्ति होइन, मान्छेको एउटा भयावह समुन्द्र देख्छु!
हरेक दिन लाखौँको त्यो भिड, यो सार्हो तछाडमछाड!
के यी सबै भक्त हुन्?
कि यी सबै आफ्नै छायाँबाट डराएका भगौडाहरू हुन्?
कोही पाप पखाल्न दौडिरहेछ, कोही वरदानको व्यापार गर्न,
कोही भिडमा हराउन चाहन्छ, त कोही भिडभन्दा माथि देखिन!
मन्दिरभित्र शान्ति खोज्नेहरूको यो अशान्त भिड देख्दा लाग्छ--
मान्छेले भगवान् त पायो होला, तर छिमेकी गुमायो,
उसले धर्म त पायो होला, तर मानवता बिर्सियो!
आजको मान्छे--
जसलाई पसिना बगाउँदा टाउको दुख्छ,
तर एक्लो कोठामा नग्नता प्रदर्शन गर्दा गौरव महसुस हुन्छ!
यो कस्तो आधुनिकता हो, जहाँ शरीर बजार भयो र मन मसान?
हामी मयलबाट जन्मिएर पनि कति 'सफा' पल्टिन खोज्छौँ,
तर भित्रभित्रै त्यही जुम्राजस्तै अरूको रगत चुसेर बाँच्न पल्केका छौँ !
सृष्टिको मयल र आधुनिकताको उज्यालो--
यी दुई किनारको बीचमा उभिएर म सोध्छु:
हामी विकसित भयौँ कि केवल 'डिजिटल' दास?
हामीले ईश्वर भेट्यौँ कि केवल एउटा महँगो मन्दिर?
they used the word "apprenticeship" instead of volunteer to fool the people, master's degree sakeko laii tyo pani free ma kaam gar rey, whats going on this country ?
reddit.comनिरिह आकृति
तिमी उद्घोष गर्छौ--
अबाध यात्रु बन्नुपर्छ म,
आकाशको विशालता छातीमा थिचेर,
समीरणको औँला समाउँदै क्षितिजतिर उड्नुपर्छ!
तर तिमी पूर्व-लिखित संकथन हौ!
समयले कोर्रा हानेर लतार्दै ल्याएको,
परिस्थितिको चोकमा उभ्याइएको निरिह आकृति....!!
Which is the best free AI checker ?
Can somebody suggest to me?