Poem poem hai ta.
This one was one uni out of many uni lol. Guess uni not likes me🫠😂
उनी एक रोमाञ्चक कथा; जीवन्त, उत्साहपूर्ण।
सायद अच्युत घिमिरेले आफै स्वर दिएको,
एउटा उत्कृष्ट उपन्यास;
जसका हरेक पानाका हरेक शब्दले केही अर्थ राख्दछन्, केही बोल्दछन्,
जसरी उनका आँखा बोल्दछन्,
जसरी उनका ओठले पोख्दछन्।
गाजलु ती, लोलाएका ती, मधुर ती।
सायद उनी तिनै कालझैं अजरअमर गीतहरूमा,
गुञ्जिने ती मधुर स्वर, ती ताल, ती शब्द;
कहिले ऋतुहरूमा, कहिले उकाली ओरालोहरूमा,
कहिले एउटा मान्छेको मायामा।
उनी कलाकृतिका कला, उनी चित्रका चित्रण, र उजाड हेमन्तमा वसन्तको रगं पनि उनी,
ती मन्दिरहरूमा कॅुदिएका सुन्दरताको सौन्दर्र्य उनी,
कविका छन्द उनी,
सायद उनी नै महाकविका शब्दचयन,
पवित्र, शान्त, समर्पित।
मेरा शब्दकोश पार।
सायद कतै मेरा कविताका शीर्षक उनी,
नपोखिएका, नछापिएका, नलेखिएका,
म जस्तै, मेरा भावना जस्तै।
उनी एक….