u/Sadharanmanusya
भर्खरै आँखा खुलेका थिए, दाँत पनि आएको थिएनन् अहिले आफै खान्छे, दौडिन्छे जताततै सु गर्दिन्छे अनि म दिनभरीको थकान बिर्सिँदै कान्छि सँग खेल्दै रमाईदिन्छु ।
शुभ प्रभात 🙏 मेरो दिनको सुरुवात यसरी हुन्छ अनि हामिले पेटमा हाल्ने खानेकुरा हाम्रो छाला तथा शरीरमा देखिन्छ भन्ने कुरामा म विस्वास गर्छु, त्यसैले स्वच्छ र स्वस्थ खाने खुसी बस्ने !
बुटामै पाकेको विषादी रहित ताजा फल यसरी टिपेर खानुको आन्नद म शब्दमा कसरी बयान गरौँ, परमान्नद !
शारिरिक व्यायाम सँगै स्वच्छ र स्वस्थ खानेकुरा खानेगरौँ है मित्रहरू, शुभ दिन!
पुर्व जन्मकी प्रेमिका थिईन् सायद, हत्केलामा आएर बसिन् । एकैछिनको भलाकुसारी पछि भुर्रर उडेर गईन्, मेरो एक्लोपनालाई गिज्याउँदै !
दुई दिन अरु कुरौँ की आजै टिपौँ सोच्दैछु🤔
अनि त्यसका फर्फराउँदा परेली आँखामा र मृदु मुस्कानमा खुलेका ओठमा अनि सुर्यमुखी उज्यालो ललाटमा आफ्ना चुम्बनका छाप लगाएँ मैले!
बेलौती टिपु की सोचेको उहाँ सरिसृप मित्र बिराजमान हुनुहुँदो रहेछ
When the owl notices you're filming
अन्य धेरै जीव जन्तु देखियो तर यो क्षेत्रमा प्राकृतिक बासस्थानमा बाघ देख्ने सौभाग्य अहिलेसम्म प्राप्त भएन।
जब साँझ बढ्छ अनि ढल्दै जान्छ रात, तिम्रै यादले सताईरहन्छ !
शुभरात्री मित्रहरू!
अश्लिलता फैलाउन बन्द गरौँ, सभ्य हुन सिकौँ!
विगत केही दिन देखि यौन सँग सम्बन्धित थुप्रै अश्लिल पोस्टहरु देखेँ, यौन सम्बन्धि जिज्ञासा हुनु र यौन सम्बन्धि नयाँ नयाँ प्रयोग हुनु पनि राम्रो हो । प्राचिन मठ मन्दिरमा कामदेव, रतिदेवी लगायतका देवीदेवताका विभिन्न आसनमा सम्भोग तथा मुखमैथुन गरिरहेका रतिक्रिडाका कलात्मक चित्र कुँदिएको हामी धेरैले पक्कै पनि देखेकै हुनुपर्छ। भारतको गुवाहाटीमा हिन्दू धर्मावलम्बिको एउटा प्राचिन मन्दिर छ 'कामख्या देवी' को मन्दिर जहाँ कुनै मुर्तीको नभई 'योनी' आकृतीको कुण्डको पुजा गरिन्छ।
आखिर पुरुष र महिलाका योनाङ्गहरु स्पष्टरुपमा देखिने गरी विभिन्न आसनमा सम्भोग गरिरहेका रतीक्रिडाका कलात्मक चित्रहरु मन्दिरमा किन कुँदियो? यौनी र लिङ्गको पुजा किन गरिन्छ? किन यौनलाई अश्लिलता को रुपमा नभई यसरी मन्दिर परिसरमा सबैले देख्ने गरी कलात्मक चित्र बनाई कुँदियो त? मन्दिर प्रवेश गर्नु अघि मनमा विकार तथा हवस नजागोस, यौनलाई सृष्टि निर्माणको मुल आधारको रुपमा हेरियोस, यौनलाई जीवनको अपरिहार्य पवित्र प्रसादको रूपमा हेरियोस, त्यसैले मन्दिर परिसरमा कलात्मक चित्र बनाई कुँदियो, कारण यही नै होईन र!
र अन्त्यमा भोक सबैलाई लाग्छ भोक लाग्यो खान पाएँ भन्दैमा ठुस्ने होईन तरिकाले खान जान्नुपर्यो, नपाउनेले केरा पायो बोक्रा सँगै खायो भन्या जस्तो हर्कत नगरौँ।